काठमाडौँ- फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेलहरू सकिएसँगै प्रतियोगिताको ‘राउन्ड अफ ३२’ को समीकरण तय भएको छ। अब कुनै पनि टोलीका लागि गल्ती गर्ने वा पुनरागमन गर्ने दोस्रो मौका हुनेछैन। किनभने हार्ने टोली सिधै घर फर्किनेछ भने जित्ने टोलीले ‘राउन्ड अफ १६’ को यात्रा तय गर्नेछ।
समूह ‘जे’बाट नाटकीय रूपमा उपविजेता र विजेता बन्दै अघि बढेका अस्ट्रिया र अल्जेरियाको प्रवेशसँगै विश्वकपकै सबैभन्दा प्रतिक्षित नकआउट भिडन्तहरू तय भएका हुन्। यसपटक नकआउट चरणको सुरुवातमै केही यस्ता खेलहरू तय भएका छन्, जसलाई फाइनल अगाडिको फाइनलका रूपमा हेरिएको छ।
समूह चरणको अन्तिम खेलमा अल्जेरियासँग ३-३ को बराबरी खेल्दै नाटकीय रूपमा अघि बढेको अस्ट्रियाले अब विश्वकपको उपाधि दाबेदार स्पेनको सामना गर्नेछ। यो खेल जुलाई ३ मा नेपाली समय अनुसार राति २३;४५ बजे हुनेछ।
इन्जुरी समयको महाड्रामा पार गर्दै अन्तिम ३२ मा पुगेको आक्रामक अल्जेरियाले स्विट्जरल्याण्डको बलियो रक्षापंक्तिको सामना गर्नेछ। यो खेल जुलाई ३ मा बिहान ०५:४५ बजे सुरु हुनेछ। जोर्डनलाई ३-१ ले पन्छाउँदै उच्च लयमा देखिएको लियोनेल मेस्सीको अर्जेन्टिनाले जुलाई ४ मा बिहान ०३:४५ बजे केप भर्डेसँग खेल्नेछ।
यस्तो छ खेल तालिका





