इरानद्वारा इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

हिमाल प्रेस २५ जेठ २०८३ १२:०३ | Monday, June 8, 2026
10
SHARES
इरानद्वारा इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार फाइल तस्बिर : एएफपी

काठमाडौँ– इरानले आइतबार राति इजरायलतर्फ दुई चरणमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायलले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेको भन्दै बेरुतमा आक्रमण गरेपछि क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अप्रिलमा दुवै पक्षबीच लागू भएको युद्धविरामपछि इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो घटना हो। यसले युद्धविरामलाई थप लम्ब्याउने प्रयास जटिल बनाएको छ।

‘केही समयअघि इरानबाट इजरायल राष्ट्रतर्फ प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरू पहिचान भएपछि देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो’, इजरायली सेनाले एक विज्ञप्तिमा जनाएको छ।

प्रकाशित: २५ जेठ २०८३ १२:०३ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast