रास्वपा महामन्त्रीमा आठ जनाबीच प्रतिस्पर्धा, सोविता-तोसिमा महिला उपसभापतिमा भिड्दै

हिमाल प्रेस १२ असार २०८३ ११:५६ | Friday, June 26, 2026
6
SHARES
रास्वपा महामन्त्रीमा आठ जनाबीच प्रतिस्पर्धा, सोविता-तोसिमा महिला उपसभापतिमा भिड्दै

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचन आज हुँदैछ। सभापतिमा रवि लामिछाने र पुरुष खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेपछि बाँकी पाँच पदका लागि निर्वाचन हुन लागेको हो।

महामन्त्री पदका निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएपछि उक्त पदमा अब आठ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले पनि आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

महामन्त्री पदका उम्मेदवारहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्।

उम्मेदवारी फिर्ता लिँदै जगदीश खरेलले सामाजिक सञ्जालमार्फत पार्टीभित्र सहमति, एकता र दीर्घकालीन यात्रालाई प्राथमिकता दिँदै आफ्नो निर्णय गरेको बताएका छन्। उनी यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

यस्तै, महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

सहमहामन्त्री पदमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री उम्मेदवार रहेका छन्।

महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: १२ असार २०८३ ११:५६ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast