कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरे प्रदर्शन

हिमाल प्रेस ११ असार २०८३ १४:४२ | Thursday, June 25, 2026
20
SHARES
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरे  प्रदर्शन

काठमाडौँ- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

कक्षा १२ को नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले बिहीबार काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए।

प्रदर्शनमा सहभागीहरुले ‘१२ वर्षको मेहनत खेर जिम्मेवार को? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याया खोज्न कहाँ जाँउ?’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

छिटो नतिजा सार्वजनिक गर्ने नाममा त्रुटि भएको र त्यसको असर आफूहरुलाई परेको भन्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन्। विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्यांकन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको उनीहरुले जनाएका छन्। विद्यार्थीहरुले मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरूले चेतावनी दिएका छन्।

यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको जनाएको छ।

प्रकाशित: ११ असार २०८३ १४:४२ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast