काठमाडौँ- काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ।
लु २ ख ६८२३ नम्बर बस लु २ ख ९४९ नम्बरको ट्रकसँग ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।
बस पछाडिबाट ट्रकसँग ठोक्किएर दुर्घटना भएको बर्दघाट ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर माधव चौधरीले जानकारी दिए। घाइतेको अवस्था सामान्य भएको चौधरीले जानकारी दिए ।
प्रकाशित: २५ जेठ २०८३ ७:५४ | Monday, June 8, 2026
प्रतिक्रिया




