रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी

हिमाल प्रेस २४ जेठ २०८३ १३:४७ | Sunday, June 7, 2026
6
SHARES
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाको सभापतिमा रुक्मांगत भण्डारी (विश्वास) विजयी भएका छन् । शनिबार सम्पन्न मतदानमा भण्डारीले निकटतम प्रतिस्पर्धी उपेन्द्र अर्याललाई भारी मत अन्तरले पराजित गरेका हुन् । भण्डारीले २ सय ८४ मत प्राप्त गर्दा अर्यालले २४ मत मात्रै पाए ।

उपसभापतिमा उमा फुयाँल विजयी भएकी छिन् । उनले १४५ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी श्रीराम घिमिरेले १ सय मत पाए। शान्ता अर्यालले ३३ र रामप्रसाद भुसालले २६ मत प्राप्त गरे । उपसभापतिमा ४ जना प्रतिस्पर्धामा थिए ।

बाँकी पदहरूमा सर्वसम्मत चयन भएको हो । सचिवमा प्रसन्न पौडेल, सहसचिव टुकराज अर्याल चयन भए । यस्तै, सदस्यहरूमा पिताकुमारी खनाल, टङ्कप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिका सापकोटा चयन भएकी केन्द्रीय विभाग सदस्य बोधराज रेग्मीले जानकारी दिए ।

प्रकाशित: २४ जेठ २०८३ १३:४७ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast