कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारीसाधन नियन्त्रणमा

हिमाल प्रेस २१ जेठ २०८३ १०:४८ | Thursday, June 4, 2026
4
SHARES
कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय सवारीसाधन नियन्त्रणमा

काठमाडौँ-  भन्सार छलेको आशंकामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति सशस्त्रले ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।

गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए। नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुई वटा गाडी नियन्त्रणमा लिइएको छ ।

प्रकाशित: २१ जेठ २०८३ १०:४८ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast