सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी लाभान्वित, जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार

हिमाल प्रेस ४ असार २०८३ १७:०० | Thursday, June 18, 2026
24
SHARES
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी लाभान्वित, जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार

काठमाडौँ- राष्ट्रिय सेवा दलले काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका-२ स्थित कृष्ण गोपाल माध्यमिक विद्यालय परिसरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार एन.सि.सि. अल्मुनाई एशोसिएसन नेपालको संयोजकत्वमा आयोजित शिविरमा नं. २६ वाहिनी, श्रीमेहर गण, विरेन्द्र अस्पताल, नं. २६ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे तथा स्थानीय निकायहरूको सहकार्य रहेको थियो। शिविरमार्फत स्थानीय बासिन्दालाई विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।

यसैबीच, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको गर्भवती तथा सुत्केरी महिलाहरूका लागि रहेको हवाई उद्धार कार्यक्रमअन्तर्गत एक महिलाको उद्धार गरिएको छ।

निर्देशनालयका अनुसार बाजुरा जिल्लाको खत्याड गाउँपालिका–८ निवासी एक महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार तथा आकस्मिक अवस्थामा जीवनरक्षा गर्न नेपाली सेनाले विभिन्न निकायसँगको सहकार्यमा स्वास्थ्य तथा उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित: ४ असार २०८३ १७:०० | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast