पूर्वसांसद छिरिङ ल्हामु तामाङले छाडिन् नेकपा

हिमाल प्रेस २८ जेठ २०८३ १३:४६ | Thursday, June 11, 2026
14
SHARES
पूर्वसांसद छिरिङ ल्हामु तामाङले छाडिन् नेकपा

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की पूर्वसांसद् छिरिङ ल्हामु तामाङले पार्टी परित्याग गरेकी छन्। सामाजिक सञ्जालमार्फत लामो वक्तव्य जारी गर्दै उनले पार्टीभित्र आफूले निरन्तर अपमान, निषेध, असहयोग र षड्यन्त्रको सामना गर्नुपरेकोले सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गरेकी हुन्।

उनले पार्टीभित्र केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि पार्टीबाट अलग हुने निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन्।

आत्मसम्मान, स्वतन्त्र विचार र विवेकमाथि निरन्तर प्रहार भइरहेको अवस्थामा सम्झौता गरेर बस्न नसक्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ। ‘म काम गर्ने मान्छे हुँ। मलाई सधैं अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ’, वक्तव्यमा उनले भनेकी छन्।

 

 

प्रकाशित: २८ जेठ २०८३ १३:४६ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast