देशभर २२१ विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सुरु

हिमाल प्रेस ४ असार २०८३ ११:२० | Thursday, June 18, 2026
28
SHARES
देशभर २२१ विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सुरु

काठमाडौँ- नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार राष्ट्रिय सेवा दलले जुनियर डिभिजन तालिम देशभर सुरु गरेको छ।

असार १ गतेदेखि सुरु भएको उक्त कार्यक्रमअन्तर्गत देशभरका २२१ वटा विद्यालयमा अध्ययनरत ६,६३० जना छात्रछात्रा सहभागी भएका छन्। तालिम दुई चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिनेछ।

त्यसैगरी, ३६ वटा विद्यालयमा अध्ययनरत १,०८० जना छात्रछात्रा समेटिने गरी सिनियर डिभिजन तालिम २०८३ साल भदाैबाट सुरु गर्ने योजना रहेको पनि जानकारी दिइएको छ।

तालिमअन्तर्गत सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र अनुशासनजस्ता विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले हालसम्म ८९,८९४ जना छात्रछात्रालाई सिनियर तथा जुनियर डिभिजन तालिम प्रदान गरिसकेको जनाएको छ।

तालिम प्राप्त व्यक्तिहरू केन्द्र, प्रदेश र जिल्ला तहसम्म फैलिएको पूर्व छात्र संघमार्फत आबद्ध रहेका छन्।

प्रकाशित: ४ असार २०८३ ११:२० | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast