आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित पीएसजीले चुम्यो लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि

हिमाल प्रेस १७ जेठ २०८३ ६:४८ | Sunday, May 31, 2026
आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित पीएसजीले चुम्यो लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौँ- पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

हंगेरीको पुस्कास एरेनामा शनिबार राति भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पीएसजी ४–३ ले विजयी भयो।

आर्सनलका डिफेन्डर ग्याब्रियलले प्रहार गरेको पेनाल्टी पीएसजीका गोलकिपर माटभे साफोनोभको क्रसबार माथिबाट बाहिरिएपछि पीएसजीको जित निश्चित भएको हो ।

यस जितसँगै पीएसजी सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक उपाधि जितेको रियल म्याड्रिडपछि च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ ।

मुख्य प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा पीएसजीले पछिल्ला ६ वटा पेनाल्टी सुटआउटमा शतप्रतिशत जितको कीर्तिमान कायम राखेको छ। गत वर्ष इन्टर मिलानलाई ५–० ले हराएर पहिलो पटक उपाधि जितेको पीएसजीले यसपटक आर्सनलको कडा चुनौतीलाई पन्छाउँदै युरोपेली फुटबलमा आफ्नो वर्चस्व साबित गरेको छ ।

यता, २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेर उच्च मनोबलमा रहेको मिकेल अर्टेटाको आर्सनल भने इतिहास रच्नबाट चुकेको छ ।

प्रकाशित: १७ जेठ २०८३ ६:४८ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast