जापानमा शक्तिशाली भूकम्प

हिमाल प्रेस २ जेठ २०८३ ६:१४ | Saturday, May 16, 2026
6
SHARES
जापानमा शक्तिशाली भूकम्प

जापानको मियागी तटमा शुक्रबार ६.७ म्याग्न‍िच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का देशका पाँच प्रान्तमा महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पपछि सुनामीको खतरा नदेखिए पनि रेल सेवा स्थगन गरी परकम्प आउने सम्भावनालाई विचार गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण संकलन गर्न प्रशासनले स्थानीय निकायलाई निर्देशन दिएको छ।

निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्। भूकम्पपछि सावधानीका लागि पाँच प्रान्तमा आपत्‌कालीन चेतावनी जारी गरिएको छ। भूकम्प स्थानीय समयअनुसार शुक्रबार राति ८:२२ बजे मियागी केन्द्रबिन्दु भएर गएको हो।

प्रकाशित: २ जेठ २०८३ ६:१४ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast