नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १५औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

हिमाल प्रेस १२ जेठ २०८३ ११:५८ | Tuesday, May 26, 2026
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १५औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

काठमाडौँ- नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १५औँ वार्षिकोत्सव प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

वार्षिकोत्सव समारोहमा संस्थानअन्तर्गत सञ्चालित विभिन्न महाविद्यालयहरूमा शैक्षिक वर्ष २०८२/८३ मा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विभिन्न विधामा नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो।

यस अवसरमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको संस्थानले जनाएको छ।

त्यसैगरी, आआफ्नो क्षेत्र र विधामा उत्कृष्ट योगदान पुर्‍याएका कर्मचारी तथा विद्यार्थीहरूलाई प्रधानसेनापति सिग्देलले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरी सम्मान गरेका थिए।

सम्मानित व्यक्तिहरूले संस्थाको शैक्षिक, अनुसन्धान तथा सेवामूलक गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको जनाइएको छ।

समारोहमा प्रधानसेनापतिले स्वास्थ्य क्षेत्रमा दक्ष, गुणस्तरीय, अनुशासित तथा कर्तव्यनिष्ठ जनशक्ति उत्पादनमा संस्थानले खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा पनि चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरू, संस्थानका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अन्य आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवका अवसरमा संस्थानले विगत १५ वर्षमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै आगामी योजनाबारे समेत जानकारी गराइएको थियो।

प्रकाशित: १२ जेठ २०८३ ११:५८ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast