जटिल प्रसूति समस्यामा परेकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

हिमाल प्रेस ७ जेठ २०८३ १२:५७ | Thursday, May 21, 2026
10
SHARES
जटिल प्रसूति समस्यामा परेकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौँ- नेपाली सेनाले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको हवाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको गर्भवती तथा सुत्केरी महिलाको नि:शुल्क हवाई उद्धार कार्यक्रमअन्तर्गत बाजुराको सर्केगाड गाउँपालिका-१ निवासी एक महिलाको उद्धार गरिएको हो।

बिहीबार (वैशाख ७ गते) जटिल प्रसूति समस्या देखिएपछि ती महिलालाई थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा लगिएको निर्देशनालयले जनाएको छ।

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाले आवश्यकताअनुसार उद्धार कार्य गर्दै आएको छ।

प्रकाशित: ७ जेठ २०८३ १२:५७ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast