जटिल प्रसूति समस्यापछि सोलुखुम्बुकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

हिमाल प्रेस ५ जेठ २०८३ १५:४९ | Tuesday, May 19, 2026
जटिल प्रसूति समस्यापछि सोलुखुम्बुकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौँ- नेपाली सेनाले जटिल प्रसूति समस्यामा परेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरेको जनाएको छ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको गर्भवती तथा सुत्केरी महिलाका लागि रहेको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो।

नेपाली सेनाका अनुसार मंगलबार सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिका-१ निवासी एक महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि सेनाको हवाई साधनमार्फत काठमाडौँ ल्याइएको हो।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच अभावका कारण जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले यस्तो हवाई उद्धार कार्यक्रम सञ्चालन हुँदै आएको सेनाले जनाएको छ।

प्रकाशित: ५ जेठ २०८३ १५:४९ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast