कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने

हिमाल प्रेस ८ जेठ २०८३ १२:२० | Friday, May 22, 2026
4
SHARES
कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने

कुवेत- कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट अरब तथा अन्य अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरू चरणबद्ध रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

नागरिक उड्डयन महानिर्देशनालयका महानिर्देशक शेख हमौद मुबारक अल-सबाहले विमानस्थलको प्रणाली तथा पूर्वाधारमा सुधार, सञ्चालन सुविधाको मर्मत-सम्भार र विकास कार्य सम्पन्न भएपछि उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार सुरक्षित र सहज हवाई यातायात तथा यात्रु आवागमन सुनिश्चित गर्न आवश्यक परिचालन तयारी भइरहेको छ। प्राविधिक मूल्याङ्कनका आधारमा विमानस्थल र उडान सेवा क्रमशः सञ्चालनमा ल्याइने उनले बताए।

अल-सबाहले विमानस्थल तथा उडान सेवाको पूर्ण सञ्चालनका लागि प्रत्येक चरणको मूल्याङ्कन निरन्तर जारी रहेको जानकारी दिए।

उनका अनुसार टर्मिनल-१ मा सेवा सुविधाको स्तरोन्नति तथा उच्च सुरक्षा मापदण्डअनुसार यात्रु व्यवस्थापन क्षमता वृद्धि गर्ने उद्देश्यले मर्मत तथा विकासका कामहरू भइरहेको छ।

प्रकाशित: ८ जेठ २०८३ १२:२० | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast