‘जयनेपाल’ हल पुनः सञ्चालनमा

हिमाल प्रेस १९ वैशाख २०८३ १३:०६ | Saturday, May 2, 2026
12
SHARES
‘जयनेपाल’ हल पुनः सञ्चालनमा

काठमाडौँ- बन्द रहेको ‘जयनेपाल’ हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक कार्यक्रमका बिच हलको सुरुवात गरिएको हो । सो अवसरमा नीर शाह, रवीन्द्र खड्का लगायत थुप्रै फिल्मकर्मी सहभागी थिए ।

नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गरेर हल सञ्चालनमा ल्याउने तयारी गरेका सञ्चालकले ‘लालीबजार’ रोकिएपछि ‘राजा शिवाजी’ रिलिज गर्दै सञ्चालनमा ल्याएको सञ्चालक मध्यका एक गोपाल कायस्थले बताए ।

यसअघि क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको यो हल बन्द भएपछि बज इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको हो ।

हलमा कुल ३०६ वटा सिट छन् । सुतेर हेर्ने दर्शकलाई ८०० रुपैयाँ, बालकोनीमा ५०० र सामान्य सिटको लागि ३५० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित: १९ वैशाख २०८३ १३:०६ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast