प्रतिनिधिसभा नियमावली पारित

हिमाल प्रेस १७ जेठ २०८३ २२:५२ | Sunday, May 31, 2026
12
SHARES
प्रतिनिधिसभा नियमावली पारित संसद् भवन सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उपस्थित सांसदहरू। तस्बिर : रासस

काठमाडौँ– प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकबाट उक्त नियमावली पारित भएको हो।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म उक्त नियमावलीको अंग बनेको घोषणा गरे। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गरेको संशोधन स्वीकृत गरेको थियो।

प्रकाशित: १७ जेठ २०८३ २२:५२ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast