नेपाली सेनाद्वारा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

हिमाल प्रेस १४ जेठ २०८३ १०:३२ | Thursday, May 28, 2026
16
SHARES
नेपाली सेनाद्वारा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

काठमाडौँ- नेपाली सेनाको तारादल गणद्वारा शिघ्र प्रभावी आयोजना (क्वीआईपी) अन्तर्गत निर्माण गरिएको विद्यालय भवन रुपन्देहीको रोहिणी गाउँपालिका-२, मैनिहवास्थित राम आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको छ।

दुईवटा कक्षा सञ्चालन गर्न मिल्ने गरी निर्माण गरिएको उक्त भवन मध्य पश्चिम पृतनाका पृतनापतिले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ।

विद्यालयमा शैक्षिक पूर्वाधार सुदृढीकरण तथा विद्यार्थीलाई सहज वातावरणमा अध्ययनअध्यापन गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग पुगेको भन्दै नेपाली सेनाप्रति आभार व्यक्त गरेका थिए।

नेपाली सेनाले शिघ्र प्रभावी आयोजना (क्वीआईपी) मार्फत विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य तथा सामुदायिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १४ जेठ २०८३ १०:३२ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast