जङ्गी अड्डामा चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न, २९ सञ्चारकर्मी सहभागी

हिमाल प्रेस ३१ वैशाख २०८३ १७:२८ | Thursday, May 14, 2026
जङ्गी अड्डामा चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न, २९ सञ्चारकर्मी सहभागी

काठमाडौँ- नेपाली सेनाले आयोजना गरेको चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ।जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार वैशाख २८ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो।

समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले कार्यक्रममा सहभागी २९ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए।

सो अवसरमा काठमाडौँ तथा आसपासका जिल्लामा लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका पाँच वटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

कार्यक्रमका दौरान सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाका विविध गतिविधि, विपद् प्रतिकार्य तथा समसामयिक विषयबारे जानकारी गराउनुका साथै अन्तरक्रिया समेत गरिएको थियो।

नेपाली सेनाले यस्ता कार्यक्रमबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहजता र स्पष्टता हुने विश्वास लिएको जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १७:२८ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast