नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु

हिमाल प्रेस ८ जेठ २०८३ ९:११ | Friday, May 22, 2026
6
SHARES
नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा सुरु

नवलपुर- बर्दघाट सुस्तापूर्वमा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा हुलाकमार्फत घरदैलोमै राहदानी पुर्‍याउने सेवा सुरु भएको छ।

जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत ठानेश्वर सापकोटाले अब नागरिकले राहदानी लिन सदरमुकाम धाउनुपर्ने झन्झट हटाउन यो सेवा सुरु गरिएको बताए।

पहिलो चरणमा कावासोती-१६, पिप्रेनीका अमित परियारको राहदानी घरमै पुर्‍याएर सेवा सुरु गरिएको हो। उनकी आमा विमला परियार मञ्जुरीका आधारमा राहदानी हस्तान्तरण गरिएको थियो।

विमला परियारले घरमै सेवा पाउँदा समय र यातायात खर्च दुवै बचत भएको भन्दै खुसी व्यक्त गरिन्।

प्रकाशित: ८ जेठ २०८३ ९:११ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast