चीनले अमेरिकासँग दुई सय बोइङ विमान खरिद गर्दै

हिमाल प्रेस ६ जेठ २०८३ १५:५९ | Wednesday, May 20, 2026
चीनले अमेरिकासँग दुई सय बोइङ विमान खरिद गर्दै फाइल तस्बिर

काठमाडौँ- चीनले अमेरिकासँग दुई सय विमान खरिद गर्ने भएको छ। चीनले अमेरिकी विमान कम्पनी बोइङबाट दुई सय विमान खरिद गर्ने सम्झौता गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङबीच गत साता बेइजिङमा भएको भेटवार्तापछि चीनले अमेरिकासँग विमान खरिद गर्ने सम्झौता भएको थियो।

अमेरिकासँग विमान खरिद गर्ने सम्झौता भएको चीनको वाणिज्य मन्त्रालयले बुधबार जनाएको छ। सम्झौताअनुसार अमेरिकाले विमानको इन्जिनको पार्टपुर्जा र अन्य आवश्यक एससरिजहरू आपूर्ति गर्ने मन्त्रालयको भनाइ छ।

दुवै देशले गत वर्ष अक्टोबरमा ‘ट्यारिफ युद्ध’ रोक्न गरेको समझदारीलाई अगाडि बढाउने दिशामा काम गर्न पनि सहमति जनाएका छन्।

साथै दुवै पक्षले कम्तीमा ३० अर्ब डलर बराबरको सामानमा भन्सा महसुल (ट्यारिफ) कटौती गर्ने प्रयास गर्नेछन्।

जिनफिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेको बेला यो घोषणा भएको हो। यो वार्ता ट्रम्पको चीन भ्रमणको केही दिनपछि नै भएको हो।

गत शुक्रबार चीनबाट प्रस्थान गरेपछि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए,‘हामीले धेरै उत्कृष्ट व्यापारिक सम्झौताहरू गरेका छौँ, जसमा बोइङका दुई सयभन्दा बढी विमानहरूको सम्झौता पनि समावेश छ। साथै ७५० विमानसम्म खरिद गर्ने वाचा गरिएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो अर्डर हुनसक्छ।’

प्रकाशित: ६ जेठ २०८३ १५:५९ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast