प्रस्तावित प्रधानन्यायधीशविरुद्ध उजुरी आह्वान

हिमाल प्रेस २६ वैशाख २०८३ ६:१६ | Saturday, May 9, 2026
2
SHARE
प्रस्तावित प्रधानन्यायधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ- संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश भएका मनोजकुमार शर्माको संसदीय सुनुवाई प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

शर्मालाई प्रधान न्यायाधीश सिफारिश गर्ने निर्णयको पत्र परिषदले बिहीबार नै पठाएपछि शुक्रबारदेखि संसदीय समितिले प्रक्रिया अघि बढाएको हो। ‘हिजो बसेको बैठकले सुनुवाई कसरी गर्ने भन्ने विषयमा कार्यविधि पारित गरेको थियो। संवैधानिक परिषदबाट पत्र पाइसकेको हुँदा आज बिहानदेखि हामीले काम थालेका हौँ’, समितिका सभापति बोधनारायाण श्रेष्ठले भने, ‘भोलिदेखि जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ। प्रक्रियाबारे सबै कुरा कार्यविधिमा उल्लेख छ। त्यहीअनुसार हुन्छ।’

 

प्रकाशित: २६ वैशाख २०८३ ६:१६ | Saturday, May 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast