काठमाडौँ- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-९ स्थित मर्दी हाई क्याम्प क्षेत्रमा घुम्न गएका एक जना बेपत्ता व्यक्तिको शव भेटिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जेठ २ गते बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाली सेनाअन्तर्गत महावीर गण (रेञ्जर) बाट टोली परिचालन गरिएको थियो।
खोजीका क्रममा टोलीले मोदीखोला साइडको खोँचमा ती व्यक्तिलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।
अन्य सुरक्षा निकायसँगको समन्वयमा शव उद्धार गरी सिभिल हवाई साधनमार्फत पोखरा ल्याइएको थियो। त्यसपछि नेपाली सेनाको हवाई साधन प्रयोग गरी शव काठमाडौँ ल्याइएको निर्देशनालयले जनाएको छ।
प्रकाशित: ६ जेठ २०८३ ११:१९ | Wednesday, May 20, 2026
प्रतिक्रिया




