काठमाडौँ- सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो।
पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन् । एआईजी बढुवा उपर चित्त नबुझेमा ७ दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ।
प्रकाशित: ६ जेठ २०८३ १०:१० | Wednesday, May 20, 2026
प्रतिक्रिया




