काठमाडौँ- मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट गत शुक्रबार राति ५९० कार्टुन चाईनिज इलेक्ट्रिक चुरोट (भेप) तथा अन्य विभिन्न सामान र कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षकका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणमा लिएकाहरुमा धादिङ जिल्लाको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा तथा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथि सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा छन् ।
ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाकाहुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको सामानहरुमा ईलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ केजी खाली कार्टुन बक्स (सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ।
प्रकाशित: ३ जेठ २०८३ ९:५६ | Sunday, May 17, 2026
प्रतिक्रिया




