पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

हिमाल प्रेस २ वैशाख २०८३ १६:०६ | Wednesday, April 15, 2026
18
SHARES
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश पूर्वऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का

काठमाडौँ- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उनलाई थुनामै राख्न आदेश दिएको हो।

उक्त रिटमाथि आज वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मीले बहस गरेका थिए।

सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले पनि आफ्नो धारणा राखेका थिए।

सर्वोच्च अदालतले मुद्दाको अर्को सुनुवाइ भाेलिका लागि तोकेको छ। आदेशमा ‘निवेदकलाई हाल जे अवस्थामा छन्, सोही यथास्थितिमा राख्नू’ भनी विपक्षीका नाममा निर्देशन जारी गरिएको उल्लेख छ।

खड्कालाई नेपाल प्रहरीले गत चैत १५ गते नियन्त्रणमा लिएको थियो। पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री रहेका उनलाई गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि उनको निवासमा भेटिएको रकमको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।

उनको घरमा आगजनीपछि जलेको अवस्थामा भेटिएको नेपाली तथा विदेशी मुद्रासम्बन्धी विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। यस क्रममा विभागले जलेका नोटका अवशेष र खरानी संकलन गरिसकेको छ।

प्रकाशित: २ वैशाख २०८३ १६:०६ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast