आईपीएलमा आरसीबीको जित, हार्‍यो गुजरात

हिमाल प्रेस १२ वैशाख २०८३ ७:१९ | Saturday, April 25, 2026
10
SHARES
आईपीएलमा आरसीबीको जित, हार्‍यो गुजरात आरसीबीका खेलाडी विराट कोहली।

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले सहज जित निकालेको छ।

बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै आरसीबी विजयी भएको हो। गुजरातले दिएको २0६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

आरसीबीका विराट कोहलीले ८१ र देवदत्त पडिक्कलले ५५ रनको अर्धशतकीय पारी खेले। यस्तै, क्रुनाल पाण्डेयले २३ र टिम डेभिडले १० रन जोडे । गुजरातका रशिद खानले २, मोहम्मद सिराज, जेसन होल्डर र मानव सुधारले‌ एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो।

गुजरातका साई सुदर्शनले एक सय रनको शतक बनाए । यस्तै, शुभमन गिलले ३२, जोस बटलरले २५, जेसन होल्डरले २३ तथा वासिङ्टन सुन्दरले १९ रन बनाए। आरसीबीका भुवनेश्वर कुमार, जोस हेजलवड र सुयश शर्माले एक–एक विकेट लिए।

यो जितसँगै आसीबी ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गुजरात समान खेलबाट ६ अंकसहित सातौँ स्थानमा यथावत छ।

प्रकाशित: १२ वैशाख २०८३ ७:१९ | Saturday, April 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast