आईपीएल : राजस्थानको अपराजित यात्रा तोडियो, हैदराबादको जित

हिमाल प्रेस १ वैशाख २०८३ ८:०१ | Tuesday, April 14, 2026
4
SHARES
आईपीएल : राजस्थानको अपराजित यात्रा तोडियो, हैदराबादको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सको अपराजित यात्रा तोडिएको छ । राजस्थानले लगातार चौथो जितपछि सोमबार प्रतियोगितामा पहिलो हार व्यहोरेको हो । हारका बाबजुद टोली आठ अंकका साथ तालिकाको शीर्ष स्थानमा यथावत् छ । राजस्थानले पाँच खेल खेल्दा चार जित र एक हार व्यहोरेको छ।

सनराइजर्स हैदराबादले सोमबार राजस्थानलाई ५७ रनले पराजित गरेको हो । भारतको हैदराबादस्थित राजीव गान्दी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सनराइजेर्सले प्रस्तुत गरेको २१६ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र बनाउन सकेको थियो ।

राजस्थनालाई सस्तैमा रोक्न सनराइजर्सका प्रफुल हिंगे र सकिब हुसेनले समान चार विकेट लिए । इशान मलिंगाले दुई विकेट लिए। राजस्थानका निम्ति डोनोभान फेरेइराले ६९ रनको अर्धशतकीय इनिङ खेले । फेरेइराले ४४ बलमा सात चौका र तीन छक्का प्रहार गरे । उनले छैटौँ विकेटको निम्ति रियान रवीन्द्र जाडेजासँग ११८ रनको शतकीय साझेदारी गरेका थिए । रवीन्द्र जाडेजाले ४५ रन बनाउँदा टुसार देशपाण्डेले २५ रन खर्चिए ।

त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको सनराइजर्सले राजस्थानविरुद्ध निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१६ रनको योगफल खडा गरेको थियो। राजस्थानको निम्ति कप्तान इशान किशनले ९१ रनको अर्धशतकीय इनिङ खेले । इशानले ४४ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । इशानले हेनरिच क्लासेनलसँग तेस्रो विकेटको निम्ति ८८ रनको साझेदारी गरेका थिए । हेनरिच क्लासेनले ४० रन बनाए । नितिस कुमार रेड्डीले २८, अविजित रहेका अरोराले २४ र ट्राभिस हेडले १८ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले दुई विकेट लिए । सन्दीप शर्मा, तुसार देशपाण्डे र रियान पारागले समान एक विकेट लिए । जितसँगै सनराइजर्सले प्रतियोगितामा चार अंक जोडेको छ । सनराइजर्सले पाँच खेल खेल्दा दुई जित र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।

 

प्रकाशित: १ वैशाख २०८३ ८:०१ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast