फास्ट ट्रयाकबाट कानुन निर्माण अघि बढाउँछु : सभामुख

हिमाल प्रेस २९ चैत २०८२ १३:५२ | Sunday, April 12, 2026
16
SHARES
फास्ट ट्रयाकबाट कानुन निर्माण अघि बढाउँछु : सभामुख

धादिङ- सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माण प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

नेपाल पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताए।

संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए।

‘विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु’,उनले भने।

बूढीगण्डकी जलासययुक्त आयोजना कार्यान्वयनका निम्ति सरकारलाई निरन्तर झक्झक्याउने उनले बताए।

प्रकाशित: २९ चैत २०८२ १३:५२ | Sunday, April 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast