काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले एमाले अध्यक्ष केपी ओलीलगायत उनका परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।
आइतबार भक्तपुरको गुण्डु पुगेर ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्कीका साथै उनका पति दुर्गा सुवेदीले पनि ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै समवेदना व्यक्त गरेका थिए।
एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो।
प्रकाशित: १ चैत २०८२ १४:५९ | Sunday, March 15, 2026
प्रतिक्रिया





