राजेन्द्र लिङ्देनले भने : गाई खान पाउनुपर्छ भन्ने अभिव्यक्ति जनताको आस्थामाथिको प्रहार हो

हिमाल प्रेस १४ माघ २०८२ ७:२७ | Wednesday, January 28, 2026
राजेन्द्र लिङ्देनले भने : गाई खान पाउनुपर्छ भन्ने अभिव्यक्ति जनताको आस्थामाथिको प्रहार हो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ- केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारले ‘गाई खान पाउनुपर्छ’भनेको अभिव्यक्ति चर्चामा छ। सुनारले एक अन्तर्वार्तामा भनेको कुरालाई अहिले तकवितर्कमा तानिएको छ। सुनारले सोही अन्तर्वार्तामा गाई खान कसैलाई रोक्न नहुने अभिव्यक्ति दिएका थिए।

यही विवादित विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोही अभिव्यक्ति निर्वाचन आचार संहिताको उल्लंघन, बहुसंख्यक जनताको आस्था माथिको प्रहार भएको बताएका छन्। उनले यो र यस्ता अभिव्यक्तिले सामाजिक सद्भाव र निर्वाचनलाई विथोल्न मद्धत पुर्‍याउने बताएका छन्। राप्रपा राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी हो। पार्टीले समेत गाई खानपाउनुपर्छ भन्ने अभिव्यक्ति आस्थाविरुद्धको प्रहार भएको बताएको छ।

प्रकाशित: १४ माघ २०८२ ७:२७ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast