परम्परागत खेल ठेलो हानेर लमजुङका निशानले जिते ४० हजार

हिमाल प्रेस ८ माघ २०८२ २०:३३ | Thursday, January 22, 2026
32
SHARES
परम्परागत खेल ठेलो हानेर लमजुङका निशानले जिते ४० हजार

पोखरा– १४ औँ पोखरा महोत्सवको अवसरमा आयोजित खुला छैठो हान्ने प्रतियोगितामा लमजुङका निशान परियार पहिलो भएका छन्। उनले १४.३३ मिटर दूरीमा ठेलो फाल्दै प्रथम हुन सफल भएका हुन्।

त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटर र पर्वतका युवराज गुरुङले १३.५९ मिटर दूरीसम्म ठैलो फाल्दै क्रमशः द्वितीय र तृतीय भए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद ४०, २५ र १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

उनीहरुलाई महोत्सव आयोजक युुनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिति सदस्यहरु गणेश खड्का, सन्तोष कार्की, प्रतियोगिता संयोजक गजबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे।

फाइनलमा ८ जना खेलाडी प्रवेश गरेका थिए। उनीहरुले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शनले महोत्सव हेर्न आएका दर्शक पनि रमाएका थिए।

यसबाट स्थानीयस्तरका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न अवसर मिल्नुका साथै परम्परागत खेल ठेलोको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ।

पोखराको अमरसिंहचौरमा जारी महोत्सवमा बिहीबार गायिका अस्मिता अधिकारीसमेतले आफ्नो गायन प्रस्तुत गरेका थिए। महोत्सव ११ माघसम्म चल्नेछ।

प्रकाशित: ८ माघ २०८२ २०:३३ | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast