डा.संगीता कौशल मिश्रालाई भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी माग

हिमाल प्रेस ८ माघ २०८२ १२:४० | Thursday, January 22, 2026
20
SHARES
डा.संगीता कौशल मिश्रालाई भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी माग

काठमाडौँ- विशेष अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा संगीता कौशल मिश्रासँग भ्रष्टाचार मुद्दामा रू पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज उक्त रकम धरौटी लिएर तारिखमा राख्ने आदेश गरेको हो।

अदालतले उक्त नगद धरौटी वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम ९२० बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनसमेत भनेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते ‘म्यामोग्राफी मेसिन’ खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा कौशल मिश्रासहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: ८ माघ २०८२ १२:४० | Thursday, January 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast