टिकट खाेसिएका एमालेका थापासँगै पुगेर आचार्यले दर्ता गरे मनाेनयन

हिमाल प्रेस ६ माघ २०८२ १४:१९ | Tuesday, January 20, 2026
टिकट खाेसिएका एमालेका थापासँगै पुगेर आचार्यले दर्ता गरे मनाेनयन

पाेखरा- कास्की २ मा नेकपा एमालेका तर्फबाट रश्मी आचार्यले मनाेनयन दर्ता गरेका छन्। ४५ वर्षीय युवा नेता आचार्यले पाेखरा ड्याासाइडमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा र्‍यालीसहित पुगेर मनाेनयन दिएका हुन्।

अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष आचार्य स्ववियू पीएन क्याम्पसका पूर्व सभापति पनि हुन्। अधिवक्ता समेत रहेका उनी बाैद्धिक व्यक्तित्वका रूपमा युवामाझ चर्चित छन्। कास्की २ मा यसअघि कृष्ण थापाकाे नाम टुंगिएकोमा आलाेचनापछि आचार्यले टिकट पाएका हुन्।

कास्की २ स्वर्गीय नेता रवीन्द्र अधिकारी र उनकी पत्नी विद्या भट्टराईले लगातार जित्दै आएको क्षेत्र हाे। मनाेनयनमा कृष्ण थापा पनि सँगै आएका थिए।

आचार्यले आफ्नो उम्मेदवारी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई ठोस निष्कर्षमा पुर्‍याउँदै नवीन सोच र योजना अनुसार विकासको अभियानलाई उचाइमा पुर्‍याउनु रहेको बताए।

अब राजनीति र विकास गौरव गर्नलायक बनाउनेतर्फ आफू केन्द्रित हुने प्रतिबद्धता जनाए।

प्रकाशित: ६ माघ २०८२ १४:१९ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast