विश्वविद्यालय स्वायत्त हुनुपर्छ : प्रधानमन्त्री कार्की

हिमाल प्रेस १० मंसिर २०८२ १७:३३ | Wednesday, November 26, 2025
22
SHARES
विश्वविद्यालय स्वायत्त हुनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी छन्। बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा बैठकमा बोल्दै विश्वविद्यालयको कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्त ढंगले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी हुन्।

असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मंसिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागि समेत राम्रो नभएको उनले बताइन्। प्रधानमन्त्री कार्कीले मुलुकको आर्थिक अवस्थामा सोचेजस्तो विकास हुन नसकेकाले त्यसको असर विश्वविद्यालयदेखि सवै ठाँउमा परेको बताइन्।

उनले विश्वविद्यालय पनि शैक्षिक र प्रशासनिक रूपमा मात्रै नभई आर्थिक रूपमा समेत आत्मनिर्भर हुनुपर्ने धारणा राखिन्। त्यसका लागि विश्वविद्यालयको नाममा भएको पूर्वाधारलाई प्रयोग गर्न प्रधानमन्त्री कार्कीको सुझाव छ। प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

त्रिविसभाले चालु आर्थिक वर्षका लागि विश्वविद्यालयको नीति कार्यक्रममा प्राज्ञिक तथा प्रशासनिक पक्षलाई पुनः संरचना गर्ने, शैक्षिक तथा पाठ्यक्रम सुधार, परीक्षा सुधार, संस्थागत सुधार, सूचना प्रविधिमार्फत डिजिटल रुपान्तरण र अनुसन्धानका लागि स्रोतसाधनको व्यवस्था गरिने लगाएतका प्रस्तावलाई पारित गरेको छ।

प्रकाशित: १० मंसिर २०८२ १७:३३ | Wednesday, November 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast