विपीन कार्कीको ‘काजी’ लुक्स

हिमाल प्रेस १४ मंसिर २०८२ १३:०८ | Sunday, November 30, 2025
विपीन कार्कीको ‘काजी’ लुक्स

काठमाडौँ- फिल्म ‘काजी’ का कलाकार अभिनेता विपीन कार्कीको लुक्स सार्वजनिक भएको छ। सार्वजनिक तस्बिरमा अभिनेता कार्कीको फरक लुक्स देखिएको छ।

तस्बिरमा उनीलाई युवाको जस्तो अनुहार छ। गम्भीर मुद्रामा कतै हेरिरहेझैँ लाग्ने विपीनले सर्लक्क कपाल र जुँगामा देखिएका छन्।

पोस्टरमा केकी अधिकारी देखिन्छन्। उनलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ। सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ। पोस्टरले फिल्म पारिवारिक र प्रेम कथामा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ।

फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्म लक्ष्मण रिजालको निर्देशनमा बनिरहेको छ। रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ।

फिल्म रिजाल एन्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण रहेको फिल्मका निर्माता राम प्रसाद रिजाल हुन्। निर्देशक लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन्। आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनको भनाइए छ। उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका फिल्म निर्देशन ‘डिसेम्बर फल्स’ र ‘गणपति’ मा लगानी गरेका थिए।

चिन्तन राजभण्डारीले छायांकन गरेको फिल्ममा कालिप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन र विपीन मल्लको सम्पादनमा बन्नेछ।

प्रकाशित: १४ मंसिर २०८२ १३:०८ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast