छठको भोलिपल्ट पनि मधेशमा सार्वजनिक बिदा

हिमाल प्रेस ७ कार्तिक २०८२ १८:२२ | Friday, October 24, 2025
छठको भोलिपल्ट पनि मधेशमा सार्वजनिक बिदा

धनुषा- मधेश प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ। प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट (कात्तिक ११ गते मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको हो।

मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचनामा मधेश प्रदेश सरकारद्वारा  २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने भनी उल्लेख भएको जानकारी दिए। उनले सोहीअनुसार कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

संघ सरकारले छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार मुलुकभरि सार्वजनिक बिदा दिइसकेको छ।

प्रकाशित: ७ कार्तिक २०८२ १८:२२ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast