
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको गुनासो सबैभन्दा धेरै मधेश प्रदेशबाट आएको बताएका छन्।
उनले आफूलाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो फोन र इमेलबाट आएको जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै मधेशबाट आएको उनले लेखेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनेका भनेका छन्, ‘वर्ष दिनमा आउने दशैँ, तिहार र छठ पर्वजस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो ।’
शिक्षा मन्त्रालयले सबै पालिकालाई शिक्षकको तलबका पैसा पठाइसकेको मन्त्री पुनले उल्लेख गरेका छन् । ‘यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु’, मन्त्री पुनले लेखेका छन् ।