रोशन थापाले भने : संगठनभित्र भ्रम छर्नेलाई कारबाही गरिएको छ, बैठक भदौ २३ बाटै हो

हिमाल प्रेस १८ भदौ २०८२ १२:४८
38
SHARES
रोशन थापाले भने : संगठनभित्र भ्रम छर्नेलाई कारबाही गरिएको छ, बैठक भदौ २३ बाटै हो

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघमा केन्द्रीय कमिटीको बैठकका विषयमा किचलो छ। अध्यक्ष रोशन थापाले आधिकारिक कमिटीको बैठक भदौ २३ र २४ लाई बोलाएका छन्।

उनले आयोजक कमिटीको बैठक भन्दै सोही मितिमा बैठक राखेका हुन्। तर उनले बैठक बोलाएपछि संघको इतरपक्षधर मानिने सञ्जीव राईले सोही मितिमा बैठक नभएको बताएका थिए। तर थापाले सोही मितिमा नै बैठक रहेको र भ्रममा नपर्न अनुरोध गरेका छन्। उनले सञ्जीवलाई कारबाही गरिएको बताएका छन्।

‘संगठनको विधान विपरीतका कार्यहरु गरेकाले पटक पटक यस्ता संगठन विरोधि कार्य सच्याउन गरेको आग्रहलाइ अटेर गरेका कारण संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको कुरा सम्पूर्ण संगठनका नेता कार्यकर्ता लाई जानकारी गराउन चाहन्छु’ उनले भनेका छन्,’यस्ता अवैध ब्यक्तिले सामाजिक संजालमा भ्रम फैलाउने कार्य गरेकाले यस्ता भ्रमहरू सत्य नभएको जानकारी सहित संगठनको आधिकारिक बैठक यही भाद्र २३ र २४ गते रहेको र सबैलाई उपस्थितिका लागि जानकारी गराइन्छ।’

युवा संघमा थापा नेतृत्वको विरुद्धमा राईले समानान्तर कमिटी गठन गरेका छन्। राईलाई यसअघि नै स्पष्टीकरण सोधेर कारबाही गरिएको छ।

प्रकाशित: १८ भदौ २०८२ १२:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast