संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बिमा रकम हस्तान्तरण

हिमाल प्रेस १ भदौ २०८२ १९:००
2
SHARE
संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बिमा रकम हस्तान्तरण

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले सुरक्षित बाल बचत खातामा संरक्षकको मृत्यु भएपछि ग्राहक परिवारलाई बिमावापतको रकम हस्तान्तरण गरेको छ।

पोखरास्थित तालकोट शाखामा सृष्टि त्रिपाठी नाम बालिकाले सुरक्ष्ँित बाल बचत खाता खोलेकी थिइन्। खाता खोल्दा संरक्षक राएिका उनका दाजु सागर त्रिपाठीको दुर्घटनामा परी निधन भएपछि बैंकले यो बिमा रकम उपलब्ध गराएको हो।

शाखा प्रबन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। यो रकम सृष्टि १८ वर्ष पूरा भएपछि झिक्न पाउने गरी हाल मुद्दती खातामा जम्मा गरिएको बैंकले जनाएको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बिमावापत तीन लाख रुपैयाँ उपलब्ध गराउने प्रावधान राखेको छ।

प्रकाशित: १ भदौ २०८२ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast