नेसनल म्युजिक अवार्ड-२०८१ मा कन्सर्ट गर्दै दुर्गेश थापादेखि सुन्दर खनालसम्म

हिमाल प्रेस २२ असार २०८२ १३:०८
16
SHARES
नेसनल म्युजिक अवार्ड-२०८१ मा कन्सर्ट गर्दै दुर्गेश थापादेखि सुन्दर खनालसम्म

काठमाडाैँ- आगामी असार २८ मा ‘नेसनल म्यूजिक अवार्ड’ हुने भएको छ। कार्यक्रममा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट गरिने आयोजकले जनाएको छ।  रेडियो कान्तिपुरले आयोजना गर्न लागेकाे कार्यक्रम गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुनेछ।

कन्सर्टमा गायक दुर्गेश थापादेखि  हास्य कलाकार सुन्दर खनालसम्म १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ। जसमा  सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्मा, दुर्गेश थापा, कुमा सागरले सा‌ंगीतिक प्रस्तुति दिनेछन्।  भने सुन्दर र सुजिता श्रेष्ठले हास्य प्रस्तुति दिनेछन्।

कान्तिपुर टेलिभिजनको सिओओ सुरजसिंह ठकुरीले  आफ्नो स्तर बढाउन  कन्सर्टसँगै  नेसनल म्युजिक अवार्डले कार्यक्रम गर्न लागेको जानकारी दिए।

‘यो वर्षौँदेखि हुँदै आएको कार्यक्रम हो। हामीले पुराना व्यक्तित्वको योगदान सम्झँदै उहाँहरूलाई दोसल्ला ओढाउँदै सम्मान दिँदै आएका हौँ। पहिला हामी पाँचतारे होटलमा कार्यक्रम गर्दै, टेलिभिजनमार्फत दर्शकबीच पुग्दै आएका थियौँ। यो पटक दर्शक सँगसँगै बसेर हामी कार्यक्रम गर्दैछौँ’, ठकुरीले भने, ‘यो पटक हामी पाँचतारे होटल बाहिर बसेर दर्शकसँगै यो कार्यक्रम गर्छौँ। यो म्युजिकल नाइट्समा युवा कलाकारलाई स्थान दिँदै उहाँहरूको प्रस्तुतिमार्फत हामी सँगै रमाउनेछौँ।’

यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिइन्थ्यौं भने केही वर्षयताबाट कान्तिपुर बाहेकका क्षेत्रमा बजेका गीतलाई पनि अवार्डमा समावेश गर्दै आएको रेडियो कान्तिपुरका स्टेसन म्यानेजर पवन आचार्यले बताए।

‘रेडियो कान्तिपुर मात्रै त्यस्तो रेडियो हो जसले गीत बजाए बापत स्रष्ठालाई रोयल्टी दिँदै आएका थियौँ। त्यही रोयल्टी दिने क्रममा हामी कार्यक्रम आयोजना गर्थ्यौ।  अहिले रोयल्टी समाजले नै रोयल्टी लिन्छ। त्यसैले अहिले हामीले कान्तिपुरमा बजेका मात्रै होइन बाहिर बजेका गीतलाई पनि अवार्डमा समेट्छौँ,’आचार्यले भने।

प्रकाशित: २२ असार २०८२ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast