जनआकांक्षा बुझ्न एमाले नेताहरूको अनुमति लिन जरूरी छैन : पूर्वराष्ट्रपति भण्डारी

हिमाल प्रेस २७ जेठ २०८२ १७:१९
46
SHARES
जनआकांक्षा बुझ्न एमाले नेताहरूको अनुमति लिन जरूरी छैन : पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर।

काठमाडौँ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताएकी छन्।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन्। उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन्।

भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन्।

उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना विचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन्। एमालेको संगठित सदस्य लिनु भन्दा अगाडि देखि नै पार्टीमा काम गरेको र सबैसँग चिनजान रहेकाले आफूलाई कार्यक्रममा बोलाउनु स्वाभाविक रहेको उनको भनाइ छ।

भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटी र त्यसका नेताहरूसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरे।

त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताइन्। अहिले पार्टी र पार्टीको बीचमा देखिएको विश्वासको संकट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ।

प्रकाशित: २७ जेठ २०८२ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast