संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला अब असार १८ गते हुने

हिमाल प्रेस २८ जेठ २०८२ १८:५२ | Wednesday, June 11, 2025
संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला अब असार १८ गते हुने सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुँडाल र डा. नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो।

सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारीविरुद्धका निवेदनमा आज (बुधबार) सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए। सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जनापदाधिकारी नियुक्त गरेको थियो।

अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५  रिट निवेदन दर्ता भएको थियो। सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो।

प्रकाशित: २८ जेठ २०८२ १८:५२ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast