
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा छ।
आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९३ पैसा छ।पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९४ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ११ र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा छ। कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ५० पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २८ पैसा छ।