
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउनु भनेपछि राजावादीहरू आक्रामक बनाएका छन्।
देउवाले आइतबार एक कार्यक्रममा ज्ञानेन्द्र राजा बन्न लायक नभएको बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने बताएका थिए। यसबारे राप्रपा नेपालका अध्यक्ष कमल थापाले देउवासहित अन्य लोकतन्त्रवादी दलले यस्तो अभिव्यक्ति दिनुलाई उनीहरूकै असफलताको प्रमाण भएको बताएका छन्।
‘प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन्। त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलताको प्रमाण हो,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।
उनले यसलाई लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र विदेशमा लुकाएको सम्पत्ति कसरी जोगाउने भन्ने छटपटी भएको आरोपसमेत लगाएका छन्। ‘जनभावनाको अनादार नगर्न आग्रह छ,’ उनले थप लेखेका छन्।
पछिल्लो समयको राजा र राजावादी सक्रियताका प्रति यी नेताहरूले निर्मम टिप्पणी गरिरहेका छन्।