रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’ को अपरेसन

हिमाल प्रेस २८ फागुन २०८१ १७:५५
16
SHARES
रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण–स्तर’ को अपरेसन

काठमाडौँ- पाकिस्तानी सुरक्षा बलले पहाडी दक्षिणपश्चिममा विद्रोहीहरूद्वारा बन्धक बनाइएका रेल यात्रुहरूलाई बचाउन ‘पूर्ण–स्तर’ को अपरेसन सुरू गरेको छ।

दुई दिनको अवधिमा पाकिस्तानी सेनाले घेराबन्दी गरिएको रेलबाट एक सय ९० जना बन्धकलाई रिहा गराउन सफल भएको छ। यात्रुहरू अझै पनि रेलमा रहेका छन्। यद्यपि ती यात्रुहरूको संख्या प्रस्ट भएको छैन।

विद्रोहीहरूले मंगलबार दिउँसो रेलमार्गको एक भागमा बम विस्फोट गरेर दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रेलमा आक्रमण गरेका थिए। बलुचिस्तानमा पृथकतावादीहरूको आक्रमण बढेको छ।

सुरक्षा स्रोतहरूका अनुसार आतंकवादीहरूले बन्धक बनाइएको रेलभित्रै आत्मघाती आक्रमणकारीलाई तैनाथ गरेका छन्।

दूर्गम पहाडी सिबी जिल्लामा घेराबन्दीको क्रममा रेल चालकसहित तीन जनाको मृत्यु भएको छ। एक सुरक्षा अधिकारीले ‘पूर्ण–स्तरको अपरेसन’ ले बाँकी बन्दीहरूलाई मुक्त गर्ने लक्ष्य राखेको एएफपीलाई बताएका छन्।

‘सुरक्षा बलले १५५ यात्रुलाई सुरक्षित रूपमा उद्धार गरेको छ। २७ जना आतंककारी मारिएका छन्,’ एक सुरक्षा स्रोतले भन्यो।

अफगानिस्तान र इरानको सिमानामा रहेको प्रान्तमा बढ्दो हिंसापछाडि रहेको पृथकतावादी समूह र बलुच लिबरेसन आर्मी (बीएलए) ले आक्रमणको जिम्मा लिएको छ।

प्रान्तीय राजधानी क्वेटामा एक वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफका अनुसार ४५० भन्दा बढी यात्रुलाई बन्धक बनाइएको थियो।-रासस/एएफपी

प्रकाशित: २८ फागुन २०८१ १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast