काठमाडौँ- प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाउन माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले औचित्यहिन भएको भन्दै हटाउन माग गरेको हो।
सांसदले साहले यसअघि फागुन ४ गते प्रतिनिधिसभा बैठकमा आफूले सोधेको प्रश्नको जबाफ प्रधानमन्त्री नदिएको भन्दै आक्रोश पोखे। सांसदको सोधेको प्रश्नको जवाफ नदिने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको बताए।
उनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आजको कार्यसूचीबाट हटाउन माग समेत गरे। कार्यसूचीबाट नहटाइए आफूले उक्त कार्यक्रम बहिस्कार गर्ने चेतावनी समेत दिए।
प्रकाशित: ७ चैत २०८१ १२:०३ | Thursday, March 20, 2025
प्रतिक्रिया



