![२७ सयले घट्यो सुनको भाउ](https://himalpress.com/wp-content/uploads/2024/04/gold-nepali-bazzer.jpg)
काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो।
मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो। मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: ३० माघ २०८१ ११:११
प्रतिक्रिया