 
                             
                                            अधिकांश मान्छेलाई कानको समस्या हुने गर्छ। कहिले फोहोर भएर त कहिले अन्य समस्याले कानमा समस्या आउने गर्छ। यसो हुँदा हामी तत्काल अस्पताल गएर उपचार गराउने गर्दछौँ। तर कतिपय उपचार घरमै गर्न सकिने हुन्छन्। आज हामी कानको घरमा उपचार गर्ने विधिका विषयमा चर्चा गर्दैछौँ।
कानको दुखाई वा संक्रमणबाट बच्न के गर्ने?
१. सफा नीमको पातको रसको केही थोपा कानमा हालेमा इन्फेक्सनमा उपयोगी हुन्छ ।
२. दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पातको रस केही थोपा कानमा हालेमा कानको दुखाईका साथै इन्फेक्सन कम हुन्छ।
३. सस्र्युको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केही थोपा कानमा हालेमा कानको समस्यामा राहत दिन्छ। लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ ।
४. जैतुनको तेलको केही थोपा कानमा राखेमा दुखाईमा रामबाणको काम गर्छ ।
५. कानको दुखाई कम गर्न प्याजको रस प्रयोग पनि उत्तम हुन्छ ।
तर स्मरण रहोस् घरायशी उपचारका अलावा चिकित्सकको परामर्श सबैभन्दा उत्तम हुन्छ ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             


 
  
  
  
  
  
  
  
  
  
 